Sat. May 4th, 2024

कोभिड-१९प्रतिरोध सम्मान समारोहमा चीनका राष्ट्राध्यक्ष सीद्वारा सम्बोधन

काठमाडौं, २०७७ भदौं २३ गते मंगलबार

कोभिड-१९ प्रतिरोध सम्मान समारोह आज सेप्टेम्बर ८ तारिख बिहान दश बजे पैचिङको जन वृहत् सभा भवनमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय पदकका लागि मनोनित भएका सम्मानीत व्यक्तिहरूलाई पदक प्रदान गर्नुका साथै महत्त्वपूर्ण सम्बोधन पनि गर्नु भएको छ।

सम्बोधनमा चिनियाँ जनताले कोभिड-१९को प्रतिरोधको क्रममा विभिन्न मुलुकका नेतागण, विभिन्न मुलुकका सरकार, विभिन्न पार्टी, संयुक्त राष्ट्र संघका सम्बन्धित संगठन, केही क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्था, विदेशी कम्पनी र अन्तर्राष्ट्रिय मित्रले विभिन्न तरिका मार्फत चिनियाँ जनतालाई सदिच्छापूर्ण सोधनी पठाएकोमा राष्ट्राध्यक्ष सीले चिनियाँ सरकार र चिनियाँ जनताको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको छ। कोभिड-१९ विश्वमा फैलिँदै गएबाट विभिन्न मुलुकका जनताले भोगेको दुःख, कष्ट र चिनियाँ जनताले भोगेकोदुःख, कष्ट उस्तै भएको बताउनुहुँदै राष्ट्राध्यक्ष सीले भाइरस संक्रमित व्यक्ति र उपचार लिँदै गरेका मानिसलाई शुभकामना व्यक्त गर्नुभएको छ। सम्बोधनमा उहाँले कोभिड-१९को प्रतिरोधको क्रममा ज्यान गुमाएका शहीद र भाइरसबाट मृत्यु भएका जनताप्रति गहिरो श्रद्धाञ्जली पनि व्यक्त गर्नुभएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार कोभिड-१९ सयौं वर्षयता विश्वमा उत्पन्न भएको सबैभन्दा गम्भीर महामारी हो। नयाँ चीनको स्थापनायता चीनमा प्रसारण गति सबैभन्दा द्रुत, संक्रमित परिमाण सबैभन्दा व्यापक र रोकथाम तथा नियन्त्रण सबैभन्दा गाह्रो भएको आकस्मिक सार्वजनिक स्वास्थ्य घटना हो। कोरोना भाइरसबाट चिनियाँ जनताको ज्यान र स्वास्थ्यमा गम्भीर धम्की देखिएको छ। राष्ट्राध्यक्ष सीले आफ्नो सम्बोधनमा चीनले सधैं नै जनता र ज्यानलाई पहिलो स्थानमा राखेर कोरोना भाइरसविरूद्धको युद्धमा लागिरहेको बताउनुभयो। चीनले एक महिनामा कोभिड-१९ फैलिने प्रवृत्तिलाई रोकेर लगभग दुई महिनामा चीनको मुख्य भूमिमा दैनिक नयाँ थपिने संक्रमित संख्या दश जनाभन्दामूनि नियन्त्रण गरी तीन महिनामा ऊहान र हुपै प्रान्तमा महामारीको नियन्त्रण गरेको राष्ट्राध्यक्ष सीको सम्बोधनमा उल्लेख गरिएको छ। यसको आधारमा चीनले स्थायी रूपमा कोभिड-१९को प्रतिरोध कार्यलाई अघि बढाउँदै आर्थिक सामाजिक विकास कार्यलाई पनि घच्घच्याएको र चीनले उत्पादन तथा जीवनको परिपाटीलाई सामान्य बनाइ अघि बढ्दै गरेको र फलदायक रहेको पनि उहाँले बताउनुभएको छ। चीनको कोभिड-१९ विरूद्धको युद्धबाट चिनियाँ भावना, चिनियाँ शक्ति र चीनको जिम्मेवारी लिने छवि प्रस्तुत भएको पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

राष्ट्राध्यक्ष सीले भन्नुभयो, आकस्मिक गम्भीर महामारीको सामना गर्न हामीले सुव्यवस्थित रूपमा समन्वय गरेका थियौं। हाल आर्थिक विकास स्थिर रूपमा सुध्रिएको छ। उत्पादनसँगसँगै जनजीवनसम्बन्धित सबै कामहरू स्थिर रूपमा पुनःशुरू भएका छन्। हामीले महामारीको स्थितिको परिवर्तनबमोजिम महामारीको रोकथाम तथा नियन्त्रण र आर्थिक तथा सामाजिक विकासमा ठूलो निर्णय लिएका थियौं। वैज्ञानिक रूपमा महामारीको रोकथाम तथा नियन्त्रण, सटीक रूपमा काम र उत्पादनको पुनःशुरू सँगै उत्पादन र जीवनको प्रत्याभूति गरेका थियौं। हामीले उद्योग-व्यवसायहरूमा सहुलियत नीति तर्जुमा गरेका थियौं। रोजगार, उपभोग, वैदेशिक व्यापार र विदेशी लगानीलाई अगाडि बढाउने कदमहरू सार्वजनिक गरेका थियौं। हामीले यातायात, ढुवानी, रेस्टुराँ र सुपरमार्केट, संस्कृति र पर्यटनलगायतका क्षेत्रहरूको सुव्यवस्थित रूपमा पुनःसञ्चालन गर्न विभिन्न कदमहरू अगाडि सारेका थियौं। हामीले हु पैको विकासमा समर्थन दिने नीतिहरू लागू गरेका थियौं। हामीले अझै ठूलो अठोट र अझै सशक्त शक्तिमार्फत गरिबी निवारणलाई अगाडि बढाएका छौं, गरिबी निवारणका उद्योगलाई पुनःउत्पादन शुरू गर्न समर्थन दिएका छौं। चीन महामारी फैलिएयता आर्थिक गतिविधि पुनःशुरू गर्ने पहिलो मुख्य आर्थिक समूह बनेको छ। महामारीको रोकथाम तथा नियन्त्रण र अर्थतन्त्र पुनःसुध्रिएको क्षेत्रमा चीन विश्वको अग्रस्थानमा रहेको छ।

आकस्मिक गम्भीर महामारीको सामना गर्न चीनले विश्वका विभिन्न मुलुकसँग सहयोग गरेको छ, विश्वको महामारीविरूद्धका लागि योगदान दिएको छ। हामीले खुला, पारदर्शी र दायित्वपूर्ण धारणामा अन्तर्राष्ट्रिय दायित्वलाई सक्रियताका साथ व्यवहारमा उतार्नुका साथै सर्वप्रथम विश्व स्वास्थ्य संगठन र सम्बन्धित मुलक तथा क्षेत्रसमक्ष महामारीको अवस्थाबारे जानकारी दिएका थियौं। चीनले धेरै मुलुकहरू र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनहरूसँग महामारीको रोकथाम तथा नियन्त्रणसम्बन्धी ७० पटकभन्दा बढी आदान-प्रदान कार्यक्रमको आयोजना गरेको थियो। हामीले स्वदेशको महामारीको रोकथाम तथा नियन्त्रणको सामु ठूलो दवाव शक्ति देखापरेको अवस्थामा अन्तर्राष्ट्रिय समाजलाई सहयोग गरेका थियौं। चीनले ३२ वटा मुलुकमा ३४ वटा चिकित्सा विशेषज्ञ टोली पठाएको थियो, १५० वटा मुलुक र ४ वटा अन्तर्राष्ट्रिय संगठनलाई २८३ खेपको सहायता दिएको थियो र २०० वटाभन्दा बढी मुलुक र क्षेत्रलाई महामारी सामग्री उपलब्ध र निर्यात गरेको थियो।

कमरेडहरू, मित्रहरू!
युवा देश र राष्ट्रको आशा हुन्। यस पटकको महामारी विरूद्धको लडाइँमा युवा पुस्ताको टड्कारो प्रस्तुतीले सबैको मन छोएको छ। युवा पुस्ताले जिम्मेवारी वहन गरेका छन् र चिनियाँ राष्ट्रको नव आशा देखाएको छ। हामीले उनीहरूको प्रशंसा गर्नुपर्छ।

कमरेडहरू, मित्रहरू!
यो महामारी लडाइँमा चिनियाँ जनता र चिनियाँ राष्ट्रले जनताको जीवनलाई प्रथम स्थानमा राख्दै समस्त जनता एकताबद्ध हुने, व्यक्तिगत जीवन र मृत्युको वेवास्ता गर्ने, विज्ञानलाई सम्मानगर्ने र भाग्य सहअस्तित्वको भावना देखाएका छन्।

जीवनलाई प्रथम स्थानमा राख्ने भावनाबाट चिनियाँ जनताले अरू धेरैलाई माया गर्ने र मद्दत दिने परम्परा र चिनियाँ कम्युनिष्टले जनतालाई केन्द्रको रूपमा राख्ने धारणा देखाइएको छ।

समस्त जनता एकताबद्ध हुने भावनामा चिनियाँ जनताले कठिनाइको संयुक्त रूपमा सामना गर्ने एकिकृत शक्ति देखाएको छ।

व्यक्तिगत जीवन र मृत्युको वेवास्ता गर्ने भावनामा चिनियाँ जनताले सबै कठिनाइलाई पराजित गर्ने र कुनै पनि कठिनाइबाट हार नखाने धारणा देखाएको छ।
विज्ञानलाई सम्मान गरेबाट चिनियाँ जनताले सत्यको खोजी र नयाँ सिर्जनाको व्यावहारिक चरित्रको अभिव्यक्ति दिएको छ। पहिले अज्ञात नयाँ संक्रामक रोगका सामु हामीले सधैँ वैज्ञानिक भावना र वैज्ञानिक धारणा लिएर निर्णय तथा आदेश, बिरामीको उपचार, प्राविधिक अनुसन्धान र सामाजिक प्रशासनको सम्पूर्ण प्रक्रियामा वैज्ञानिक नियमको पालना गर्दछौं।

भाग्यलाई साझा गर्नु या मान्नुले एक अर्कोलाई सहयोग गर्ने र शान्तिको कामना गर्ने चिनियाँ जनताको नैतिकता तथा जिम्मेवारी प्रतीक हुन्छ। हामीले “एक विश्व, एक परिवार” को अवधारणा अपनाउँदा चिनियाँ जनताको जीवन सुरक्षा र स्वास्थ्यकालागि जिम्मेवारी वहन गर्नु मात्र होइन विश्वव्यापी रूपमा सार्वजनिक स्वास्थ्य कार्यको पनि जिम्मेवारी वोध गरेका छौं। हामीले नयाँ चीनको स्थापनादेखि नै सबैभन्दा बढी केन्द्रीत तथा फराकिलो आपत्कालीन मानवीय सहायता गर्दैआएका छौं। जसले विश्वव्यापी महामारीको रोकथाम र नियन्त्रणमा निरन्तर शक्ति दिँदै चीनको ठूलो मुलुकको छवि देखाएको छ। जसले मानव भाग्य समुदायको निर्माणलाई बढाउने जिम्मेवारी देखाएको छ।

हामीले सम्पूर्ण समाजमा महामारीविरुद्ध भावना प्रचार गर्नु पर्दछ र यसलाई आधुनिक समाजवादी देशको निर्माण गर्ने र चिनियाँ राष्ट्रको महान पुनरुत्थानलाई साकार गर्ने शक्तिमा रूपान्तरण गर्नुपर्दछ।

महामारीविरूद्धको लडाइँमा हामीले महत्त्वपूर्ण अनुभव र ज्ञान प्राप्त गरेका छौं।

महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ कि आँधीबेहरी आउँदा चिनियाँ कम्युनिष्ट पार्टीको अत्यन्त कडा, बलियो नेतृत्व चिनियाँ जनताको सबैभन्दा भरपर्दो शक्ति रहेको छ।

महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ कि चिनियाँ जनताको दृढ इच्छाशक्ति भनेको अगाडि बाटोमा सबै कठिनाइ अवरोधलाई जित्ने शक्तिको स्रोत हो।

महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ कि चिनियाँ विशेषतायुक्त समाजवादी परिपाटीको महत्त्वपूर्ण श्रेष्ठता जोखिम र चुनौतीको सामना गर्ने र राष्ट्रिय शासनको दक्षताको सुधार गर्ने आधारभूत प्रत्याभूति हुन्।

महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ कि जन गणतन्त्र चीनको स्थापनादेखि जम्मा भएको बलियो राष्ट्रिय शक्ति भनेको कठिनाइको सामना गर्ने गहिरो विश्वास हो।

महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ कि समाजवादी केन्द्रीय मूल्य र उत्कृष्ट चिनियाँ परम्परागत संस्कृति जनताको इच्छा तथा शक्तिलाई जम्मा र एकताबद्ध पार्ने शक्ति हो।

महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ कि मानव भाग्य समुदाय निर्माण मानवजातिका साझा चुनौतीको सामना गर्ने र अझ समृद्ध र सुन्दर संसारको निर्माण गर्ने सही तरीका हो।

Facebook Comments