Sat. Apr 20th, 2024

भारतमा कोभिड-१९ संक्रमितको संख्या ४२ लाख पुगेसँगै अमेरिकापछि दोस्रो स्थानमा

काठमाडौं, २०७७ भदौं २२ गते सोमबार

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर ७ तारिख भारतमा कोभिड-१९ संक्रमितहरूको संख्या ४२ लाख पुगेको छ। सो संख्या ब्राजिलको भन्दा बढी भएकाले विश्वमा कोभिड-१९ संक्रमितको संख्या सबभन्दा बढी भएका मुलुकमा भारत दोस्रो रहेको देखिन्छ।

तथ्याङ्क अनुसार भारतमा हालसम्म कोभिड-१९ संक्रमितहरूको संख्या ४२ लाख ४ हजार ६ सय १३ रहेको र ब्राजिलको संख्या ४१ लाख ३७ हजार ५ सय २१ पुगेको छ। त्यसैगरी अमेरिकामा संख्या ६२ लाख ७६ हजार ३ सय ६५ मा कोभिड १९ संक्रमण भएकाले विश्वमा अमेरिका पहिलो नम्बरमा रहेको देखिन्छ। चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  भारतमा अहिलेसम्म कोभिड-१९ बाट मृत्युभएकाहरूको संख्या ७१ हजार ६ सय ४२ रहेको छ भने ब्राजिल र अमेरिकाको भन्दा कम भएकाले कोभिड १९ बाट विश्वमा सबभन्दा बढी मृत्यु हुने मुलुकमा भारत तेस्रो स्थानमा रहेको छ।

Facebook Comments