Sun. Mar 16th, 2025 11:55:00

विदेशी पूँजीलाई आकर्षित गर्दै चिनियाँ वैंकिङ बजार

काठमाडौं, २०७७ भदौं २२ गते सोमबार

हाल चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला २०२० पैचिङमा भइरहेको छ। बैकिङ सेवा सम्बन्धी मुख्य विषयक प्रदर्शनी यस मेलाका ८ वटा मुख्य विषयक प्रदर्शनीमध्येको एक हो।

मेलामा सहभागी भएका १ सय ५० भन्दा बढी बैकिङ संस्थाहरूमा १८ वटा मुलुक र क्षेत्रका ४३ वटा विदेशी पूँजी बैंकिङ संस्था पनि छन्। तीमध्ये मोर्गन स्टेनली समूह, युबीएस सेक्युरिटीस र डेक्सचे बैंक लगायतका विश्वका उत्कृष्ट बैकिङ संस्थाहरू पनि समावेश छन्। चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार ती उत्कृष्ट बैकिङ संस्थाहरू सक्रियताका साथ सो मेलामा सहभागी भएकाले चिनियाँ बैकिङ बजारप्रति ती संस्थाहरूको दृढ विश्वास र सकारात्मक अनुमान पनि प्रष्ट भएको छ।

उक्त दृढ विश्वास र सकारात्मक अनुमान चीनको समष्टिगत अर्थतन्त्रको सशक्त शक्ति र प्रतिरोधात्मक क्षमतामा भर परेको छ। जर्मनीको वर्सचाफ्टस वोचेले जनाए अनुसार, नयाँ कोरोना महामारीको असर परेकाले विश्व व्यापार रकम स्पष्ट रुपमा तल झरेको देखिन्छ। तर सेवा उद्योग व्यापारले विश्व व्यापारमा झन् ठूलो अनुपातलाई ओगट्दै आएको छ।

चिनियाँ बैकिङ बजारबाट विभिन्न थरिका विदेशी पूँजीलाई आकर्षित गरिएको बारे बेलायती “इकनोमिस्ट”ले एउटा लेख प्रकाशित गर्दै विश्लेषण गरेको छ। उक्त विश्लेषण अनुसार, चीनले तिनीहरूका लागि अझ राम्रो बैकिङ सेवा र वास्तविक आर्थिक सेवा प्रदान गर्न सक्नेछ।

Facebook Comments