Mon. May 20th, 2024

विदेशी सञ्चार माध्यमबाट चिनियाँ अर्थतन्त्रको बलियो पुनःस्थापनबारे टिप्पणी

काठमाडौं, २०७७ भदौं १८ गते बिहीबार

हाल धेरै विदेशी सञ्चारमाध्यमहरूले लेख प्रकाशित गरेर अर्थतन्त्रको पुनःस्थापनामा चीनको उपलब्धिको प्रशंसा गरेका छन्।

फेब्रुअरीमा अधिकांश चिनियाँ कारखाना पुनःउत्पादनदेखि चिनियाँ निर्यातको वृद्धि बढ्दै गएको जानकारी न्यूयोर्क टाइम्सले दिएको छ।

चिनियाँ भन्सारबाट प्रकाशित तथ्यांक अनुसार, चिनियाँ युआनबाट गणना गरी जुलाईमा चीनको निर्यात रकम १०.४ प्रतिशत बढेको छ। जसले महामारी फैलिएदेखि सबैभन्दा उच्च रेकर्ड सिर्जना गरेको छ।

न्यूयोर्क टाइम्सका अनुसार, कोभिड-१९ महामारी र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धको दोहोरो प्रभावमा चीनको निर्यातले मजबुती देखाएको छ। स्थिर श्रम बजार, प्रभावकारी आधारभूत प्रबन्ध र महामारीको अवधिमा मध्य-साना व्यवसायलाई सहयोग दिने बैंक प्रणालीले यस मजबुतीका लागि वातावरणको सिर्जना गरेको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार विश्वको दोस्रो ठूलो आर्थिक समुदायको हैसियतमा चीन महामारीबाट पुनःस्थापना भएको जानकारी रोयटर्सले दिएको छ। निर्माणको तुलनामा चीनको सेवा व्यवसाय स्थिरताका साथ वृद्धि भएर चिनियाँ अर्थतन्त्रको पुनरुद्धार गरेको छ।

वाल स्ट्रिट जर्नलले अनेकन लेख प्रकाशित गरेर महामारीको प्रभावकारी नियन्त्रण तथा नीतिको समर्थनका कारण दोस्रो त्रैमासिकमा चीनको अर्थतन्त्र धेरै बढेको जानकारी दिएको छ। यी लेखहरूका अनुसार, चीन सय वर्षमा एउटा मात्रै वृद्धि हुने मुख्य आर्थिक समुदाय हुने सम्भावना छ।

Facebook Comments