Thu. May 28th, 2026

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी   

       

सियोल, २०८१ माघ ५ गते शनिबार । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २० दिनसम्म हिरासतमा राख्ने वा नराख्ने पक्राउ पूर्जीसम्बन्धी सुनुवाइमा सहभागी हुनुभएको छ ।

उइवाङ्गस्थित सियोल डिटेन्सन सेन्टरबाट छुटेका राष्ट्रपतिलाई लिएर गएका गाडीहरू हिरासतबाट करिब २० किलोमिटर उत्तरमा रहेको सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्टमा आइपुगेको टिभी फुटेजले देखाएको छ ।

युनलाई बुधबार राष्ट्रपति निवासबाट पक्राउ गरिएको थियो र उहाँ पक्राउ पर्ने देशको पहिलो बहालवाला राष्ट्रपति बन्नुभएको थियो ।

महाभियोगपछि निलम्बित राष्ट्रपति युनले घोषणा गरेको अल्पकालीन सैनिक शासन का विषयमा सोधपुछका लागि बयान दिन सियोलको दक्षिणमा रहेको ग्वाचेओनमा रहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) मा उपस्थित हुन अस्वीकार गर्नुभएको थियो ।

यदि वारेन्ट जारी भएमा युनको हिरासत अवधि सहित २० दिनसम्म लम्बिनेछ ।

प्रारम्भिक १० दिनसम्म सीआईओले सोधपुछ गरेपछि युनलाई अभियोजन पक्षले पछिल्लो १० दिनसम्म सोधपुछ गर्नेछ किनभने दुवै पक्षले संयुक्त रूपमा युनको विद्रोहको आरोपको अनुसन्धान गर्न सहमत भएका छन्।

गत वर्षको डिसेम्बर १४ मा नेसनल एसेम्बलीमा युनविरुद्ध महाभियोग प्रस्ताव पारित भएको थियो र यसलाई संवैधानिक अदालतमा १८० दिनसम्म छलफल का लागि पठाइएको थियो।

विद्रोहको अभियोगमा अनुसन्धान निकायहरूले योजनाकारको रूपमा उल्लेख गरेका युनले डिसेम्बर ३ को राति ‘मार्शल ल’ (सैनिक कानुन) लागु गरिएको घोषणा गर्नुभएको थियो । त्यसको केही घण्टापछि कोरियाली संसद् (नेशनल एसेम्ली) ले त्यसलाई खारेज गरेको थियो । सिन्ह्वा

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read