Thu. May 2nd, 2024

न्यूयोर्क कुइन्सका लाईन्स कल्वद्वारा फलफूल बितरण

काठमाडौं, २०७७ भदौं २ गते मंगलबार

न्यूयोर्क कुइन्समा सक्रिय लाईन्स क्लब अफ क्विन्स बुध्द्, क्विन्स नेपालीज र क्विन्स केटिएमको संयुक्त पहलमा COVID-19 को महामारीबाट प्रभावित नेपाली समुदायलाई फलफूल लगायतको राहत सामग्री बितरण गरेको छ ।

विभिन्न राहत र सहयोग उपलब्ध गराऊॅंने क्रममा टिजु चि फाऊॅंनडेशन को सहयोगार्थ क्विन्स अन्तर्गत बसोबास गर्ने ३०० नेपाली तथा अन्य परिवारहरूलाई यही अगष्ट १५ तारिक का दिन जेक्सन हाईटमा ग्रोसरी तथा फलफुल बितरण कार्यक्रम सम्पन्न भयो । नेपाली लायंन्स नेटवर्कका संयोजक कृष्ण आचार्यका अनुसार नेपाली लायंन्स क्लबका स्वयंसेवकहरू र टिजु चि फाऊॅंनडेशन का स्वयंसेवकहरूको सक्रिय सहभागितामा संचालित उक्त कार्यक्रमबाट ३०० परिवारले राहत स्वरूप ग्रोसरी, दूध, तरकारी र फलफुल प्राप्त गरेका थिए । राहत प्याकेजमा जीपी फ़ाउण्डेशन अमेरिकाले NYC City द्वारा प्राप्त १६०  गालेन दूध पनि समावेश गरी बितरण गरिएको थियो । उक्त कार्यक्रमले COVID-19 बाट प्रभावित हालसम्मकै बढ़ी नेपालीहरुलाई राहत सामग्री प्रदान गर्न सफल भएको र बितरित खाध्य सामग्री पोषण (Nutrition) को हिसाबले ताज़ा एवं सन्तुलित पोषणयुक्त समेत रहेको नेटवर्कका कार्यक्रम संयोजक अशोक कार्की बताऊँनु हुन्छ । COVID-19 को संकटपूर्ण अवस्थामा यस प्रकारको मानवीय सेवा र सहयोग कार्यक्रमले थोरै भएपनी राहत मिलेको भन्दै खाध्यान्न राहत प्राप्त गरेका परिवारहरूले नेपाली लायंन्स क्लबहरूको यस प्रकारको राहत सहयोग निरन्तर संचालन भैरहेकोमा खुशी ब्यक्त गर्दै धन्यवाद समेत दिएका छन् ।

राहत बितरण कार्यक्रममा अन्तराष्ट्रिय ब्लड डोनर अर्जुन मैनालीले ब्लड डोनेशनको बारेमा सबैलाई उत्प्रेरीत गर्नु भएको थियो । त्यसैगरी समाजसेवी हरीशचन्द्र हमाल र लाईन वेनर्टले ग्रोसरी ब्याग उपलब्ध गराउनु भएको थियो । उक्त कार्यक्रममै लायन्स नेटवर्कले भावी रक्तदान कार्यक्रममा सहभागी हुन इच्छुक रक्तदाताको लिष्ट तयार गर्नुका साथै र चालु मतगणना (Census-2020) को जागरणमूलक प्लेकार्ड र पर्चा समेत बितरण गरेको थियो । सो कार्यक्रममा तीनवटै नेपाली लायन्स क्लब समावेश नेपाली लायन्स क्लब नेटवर्क, न्यूयोर्क र दाता टिजु चि फाऊॅंनडेशन प्रमुख फ्रिमन शु , संगसंग चेईअग, भिक्कीजीन, लियो येंग नेतृत्वमा २० जना स्वंयमसेवकहरूले सेवा पुर्याऊॅंनु भएको थियो ।

Facebook Comments