Tue. May 26th, 2026

पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ भोलि अन्त्येष्टि गरिने

       

काठमाण्डू, २०८१ पुस १२ गते शुक्रबार । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ ।

सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ । भारत सरकारले भोलि राजकीय सम्मानका साथ सिंहको अन्त्यष्टि गर्ने पनि जनाएको छ ।

Manamohan-Singh-17-1735308534.jpg

भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस आईका नेता राहुल गान्धी, सोनीया गान्धी लगायतका उच्च नेताहरुले आज सिंहको पार्थिव सरीरमा श्रद्धाञ्जलि  व्यक्त  गर्नुभएको छ ।

भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च नेताहरुद्वारा पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई श्रद्धाञ्जलि व्यक्त, सिंहको राजकीय सम्मानका साथ भोलि अन्त्यष्टि गरिने ।।

सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका सिंहको बिहीबार साँझ नयाँदिल्लीस्थित अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । पूर्वप्रधानमन्त्री एक सरल टेक्नोक्र्याट हुनुहुन्थ्यो । उहाँलाई पहिलो कार्यकालमा एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो तर उहाँको दोस्रो कार्यकाल ठूला भ्रष्टाचार काण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिका साथ समाप्त भयो ।
सन् १९३२ मा अहिले पाकिस्तानमा रहेको गाह गाउँको माटोको घरमा जन्मनुभएका सिंहले विशाल राष्ट्रमा गरिबी उन्मूलन गर्ने तरिका खोज्न अर्थशास्त्रको अध्ययन गर्नुभयो । राष्ट्रको सर्वोच्च पद लिनुअघि उहाँ कहिल्यै निर्वाचित पदमा बस्नुभएको थिएन ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read