Sat. Mar 8th, 2025 06:11:24

नेपाल-चीन युनिर्भसिटी स्टेटुडेन्ट बास्केटबल फ्रेन्डसीप टुर्नामेन्टको उद्धघाटन समारोह सम्पन्न

भिओके समाचार/ पोखरा, २०८१ पुस १२ गते शुक्रबार  ।  गण्डकी प्रदेश बास्केटबल संघ र पोखरा ओभरसिस चाइनिज एसोसियसनको आयोजना रहेको नेपाल-चीन युनिर्भसिटी स्टुडेन्ट बास्केटबल फ्रेन्डसीप टुर्नामेन्टको उद्धघाटन समारोह सम्पन्न भएको छ ।

Basketball_2-1735308069.jpg
आजदेखि सुरु भएको प्रतियोगितामा चीनको युनान नर्मल युनिर्भसिटी, कास्की जिल्ला बास्केटबल एसोसियसन, गोल्डेनगेट इन्टरनेसनल कलेज र प्रतिभा माद्यमिक बिद्यालय गरी ४ वटा टोलीको सहभागिता रहेको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको उद्धघाटन समारोहमा बोल्नुहुँदै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले खेलको माध्यमबाट जनतामा सहज रुपमा सम्बन्ध स्थापीत गर्न सहज हुने धारणा राख्नुभयो । उहाँले   खेलको माध्यमबाट विद्यार्थीहरुमा नेपाल-चीनको मित्रता र भातृत्वको बिस्तार गर्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगिता आगामी आइतबारसम्म चल्नेछ । मैत्रीपूर्ण प्रतियोगिताको रुपमा रहेको यस टुर्नामेन्टमा सहभागी हरेक टोलीले सबै सहभागी टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।  नेपालमा पहिलो पटक विद्यार्थीस्तरमा भएको यस टुर्नामेन्टले  नेपाल र चीनबीचको सम्बन्धलाई झन् प्रगाढ बनाउन मद्धत गर्ने आयोजक गण्डकी प्रदेश बास्केटबल संघले जनाएको छ  । उद्धाटनपछि भएको खेलमा चीनको युनान नर्मल युनिर्भसिटीले कास्की जिल्ला बास्केटबल एसोसियसनलाई पराजित गरेको छ । दोस्रो ड्रागन बोट रेस फेस्टिबलको छेकोमा भइरहेको प्रतियोगितामा  सहभागी चिनियाँ टोली,  युनान नर्मल युनिर्भसिटीका विद्यार्थी,  रेस फेस्टिबलका सहभागीसँगै यही पुस ११ गते आएको सछुवान एयरलाइन्सको चार्टट बिमानबाट पोखरा आएका हुन् ।

Facebook Comments