Sat. Apr 27th, 2024

राष्ट्रिय एकता नभएकोले अमेरिकामा महामारी फैलिरहेको फौसीको धारणा

काठमाडौं, २०७७ साउन २२ गते बिहीबार

अमेरिकी संक्रमण विशेषज्ञ आन्थोनी एस फौसीले यदि अमेरिकाका विभिन्न राज्यबीच नव कोरोना भाइरसको एकैखाले प्रतिकृया नभएमा अमेरिकामा महामारी फैलिने अवस्था निरन्तर रूपमा चल्ने चेतावनी दिनुभयो।

फौसीको विचारमा अमेरिकाले निर्णय अधिकार राज्यलाई दिएको छ तर विभिन्न राज्य र शहरबीच महामारीबारे प्रतिकृयामा पनि भिन्नता देखिएकोले महामारी नियन्त्रण गर्ने राष्ट्रिय नीतिमा एकरूपता नभएको उल्लेख गर्नुभयो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  अरू देशभन्दा अमेरिकामा महामारी संक्रमितको दैनिक वृद्धि संख्याले पुनः उत्पादन हुने स्तरमा अझै सम्म पनि पुग्न सकेको छैन तर केही राज्यले विभिन्न गुणस्तरको आधारमा क्रमशः उत्पादन पुनःसुरू गरेको फौसीले जानकारी दिनुभयो। उहाँले केही राज्यमा साँच्चिकै राम्रो अवस्था देखिएको तर समष्टिगत रूपमा हेर्दा एक देशको रूपमा रहेको अमेरिकाले विभिन्न राज्य मात्रै नहेरेर समस्त अमेरिकाको धारणा लिनुपर्ने दोहोर्याउनुभयो।

अमेरिकी जोन्स होप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार, पैचिङ समय अगष्ट ६ तारिख ७ बजेर २० मिनेटसम्म अमेरिकामा कोरोना भाइरस संक्रमित संख्या ४८ लाख १६ हजार ५ सय ९ पुगेको छ भने मृतकको संख्या १ लाख ५७ हजार ८ सय ५४ पुगेको छ। तीमध्ये क्यालिफोर्निया राज्यमा संक्रमित संख्या सबभन्दा बढी पुगेको छ भने ५ लाख २८ हजार १ सय ६७ पुगेको छ। न्यूयोर्क राज्यको मृतकको संख्या सबभन्दा बढी पुगेको छ भने ३२ हजार ७ सय ५४ पुगेको छ।

Facebook Comments