Fri. Apr 19th, 2024

सन्दकपुरमा पनि लकडाउन

इलाम, २०७७ साउन २२ गते बिहीबार

पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय क्षेत्र सन्दकपुरमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै अनिश्चितकालिन लकडाउनको घोषणा गरिएको छ ।

सन्दकपुर गाउँपालिकाको कार्यालयले  आज एक सूचना जारी गर्दै बिहीबार बेलुकी १२ वजेदेखि अर्को निर्णय नभएसम्मको लागि सम्पूर्ण अन्तर स्थानिय तह, वडाहरु जोड्ने सीमा नाका सिल गरी सन्दकपुर गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण हाटबजार, बजारक्षेत्र, सम्पूर्ण सरकारी तथा गैह्सरकारी कार्यालयहरु(स्वास्थ्य चौकी र मेडिकल क्लिनिक बाहेक) यातायात र सामुदायिक सिकाई केन्द्रहरुमा सञ्चालन भैरहेका कोचिंग कक्षाहरु बन्द रहने जनाएको छ ।

सो गाउँपालिकाका अध्यक्ष उदय बहादुर राईद्वारा हस्ताक्षरित सूचनामा स्थानीय माईखोलाको पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडमा मर्मतका लागि आएका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि सो गाउँपालिकामा कोरोना महामारी फैलन सक्ने भन्दै लकडाउनको घोषणा गरिएको हो ।

 

Facebook Comments