Wed. Apr 24th, 2024

सुनको मुल्य आकाशियो, तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ

काठमाडौं, २०७७ साउन २२ गते बिहीबार

सुनको मुल्य दैनिक रुपमा बेपत्तोसँग बढिरहेको छ । लकडाउन सुरु भएपछि तिब्र रुपमा बढ्न थालेको सुनको मुल्य हाल सर्वसाधारणको कल्पना भन्दा बाहिर गएको छ ।

आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

उज्यालो अनलाईनका अनुसार हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँ महँगो भएको हो । सुन हिजो तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ थियो ।

महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंश २८ डलरले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमै भाउ महँगो भएपछि नेपालमा पनि महँगो भएको छ । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ । भाउ महँगो हुँदै गएपछि कारोबार भने ठप्प भएको छ ।

Facebook Comments