Thu. Apr 25th, 2024

नेपाली लाईन्स नेर्टओर्क न्यूयोर्कको नयाँ संयोजकमा कृष्ण आचार्य मनोनयन

काठमाडौं, २०७७ साउन १९ गते सोमबार

“हामी सेवा गर्छौं” भन्ने मूल नारा लिएर स्थापित भएका न्यूयोर्क कुइन्समा सक्रिय लाईन्स क्लब अफ कुईन्स बुध्द्, नेपालिज र केटिअमको संयुक्त पहलमा  COVID-19 को महामारी पिडीतहरूलाई राहत र सहयोगको उद्देश्यले पूर्वगठित नेपाली लाईन्स नेर्टओर्क न्यूयोर्कलाई अझ बढ़ी परिस्कृत, सक्रिय र सेवामुखी बनाऊँनको निम्ति प्रत्येक क्लबवाट ४-४ जनाको प्रतिनिधित्वसहित हालै नेटवर्कको संयूक्त भर्चुयल ज़ूम मिटिंग सम्पन्न भएको छ।

 उक्त मीटिंगले नेटवर्कको नयाँ संयोजक लाईन्स क्लब कुईन्सबुध्दवाट संस्थापक अध्यक्ष कृष्ण आचार्य रहनेगरी लाईन्स क्लब केटीएमबाट अशोक कार्कीलाई कार्यक्रम संयोजक र लाईन्स क्लब नेपालिज़बाट अच्यूत सिंग्देललाई सचिवको जिम्मेवारीमा सर्वसम्मत मनोनयन गरेको छ ।

COVID-19 को बिध्यमान संकट अवस्था र अन्य मानवीय सेवा कार्यमा समेत नेपाली लायन्स क्लबहरूको एकीकृत र समन्वयात्मक सहकार्यलाई दीर्घकालसम्म निरंतरता दिनुपर्ने खाँचो महसूस गरी उक्त संयूक्त संजालको पुनर्गठन गर्ने सर्वसम्मत निर्णय गरिएको हो ।

नेटवर्कको स्थापना यहि मार्च महिनामा COVID-19  बाट पीड़ित समुदायलाई सेवा र सहयोग पूर्याऊने मुख्य ऊद्देश्यसाथ भएको थियो । नेपाली समाजमा हालसम्म नेटवर्क मार्फ़त गरिएको सेवा-सहयोग कार्य सफल र उपलब्धिपूर्ण रहेकोले यस्को आवश्यकता र  निरन्तरताको निम्ति सबै नेपाली लाईन्स क्लबहरू पु:न एकमत एवं एकजुट भएका छन् ।

न्युयोर्कमा स्थापित समान संस्थागत उद्देश्य बोकेका तिनवटै सक्रिय नेपाली लाईन्स क्लबहरूले  नेपाली समुदायका साझा सवालहरूमा उपलब्ध स्रोत साधनको समन्वय र परिचालनसहित एकआपसमा मिलेर कार्यक्रम गर्दै जाने प्रतिबद्धता गरेका छन् । नवगठित नेपाली लायन्स संजालले रक्तदान र मतगणना (Census-2020) जागरण कार्यक्रम तत्काल आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

Facebook Comments