Wed. May 8th, 2024

निर्मला प्रकरण : एसपी विष्टसहित आठैजना प्रहरीलाई सफाइ

कञ्चनपुर, २०७७ साउन १५ गते बिहीबार

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा यातना र प्रमाण नष्टको आरोप लागेका प्रहरी अधिकारीहरुलाई अदालतले सफाइ दिएको छ । जिल्ला अदालत कञ्चनपुरले बिहीबार तत्कालीन एसपी दिल्लीराज विष्टसहित आठैजना प्रहरी अधिकारीहरुलाई सफाइ दिएको हो ।

न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले खडक विष्ट वादी रहेको यातना कसुरमा तत्कालीन एसपी दिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरिक्षक एकेन्द्र खड्कालाई निर्दोश ठहर्‍याएको हो । निर्मलाकी आमा दुर्गादेवी पन्त वादी रहेको सार्वजनिक न्यायविरुद्धको कसुरमा यी चारसहित प्रहरी निरिक्षक जगदीशप्रसाद भट्ट, सईद्वय रामसिंह धामी र हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदले सफाई पाएको जिल्ला अदालतका श्रेष्तेदार यदुराज शर्माले बताए ।

प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिप विष्टका दाई खडक विष्टले यतनासम्बन्धी र निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुरमा जिल्ला अदालतमा जाहेरी दिएका थिए । यसअघि जिल्ला अदालतले आठैजना प्रहरीलाई धरौटीमा छाडेको थियो । कान्तिपुर अनलाईनबाट

 

Facebook Comments