Thu. Apr 25th, 2024

कसैले पनि चीनको पुन:रुत्थान हुने ऐतिहासिक पाइलालाई रोक्न नसक्ने राष्ट्राध्यक्ष सीको भनाइ

फाईल फोटो

काठमाडौं, २०७७ साउन १५ गते बिहीबार

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले जुलाई २८ तारिखका दिन वर्तमान आर्थिक परिस्थितिको ठीक रुपमा व्यवहार गर्दै अझ ठूलो शक्तिद्बारा सम्पूर्ण रुपमा सुधार हुने प्रक्रियालाई अघि बढाउँदै जाने कुरामा जोड दिनुभएको छ। चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  चुनौतीको सामना गर्दै चीनको दृढ अठोट, अचल भावना र बलियो राष्ट्रिय शक्ति रहेको छ, जुनसुकै मुलुक र कसैले पनि चीन राष्ट्रको पुनस्रुत्थान हुने ऐतिहासिक पाइलालाई रोक्न सक्दैन सी ले भन्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले जुलाई २८ तारिखका दिन पार्टी बाहिरका व्यक्तिहरूका लागि एउटा गोष्ठीको आयोजना गरेको थियो। सी चिनफिङले सो गोष्ठीको अध्यक्षता गर्नुभएको थियो।

Facebook Comments