Fri. Apr 19th, 2024

अमेरिका र अस्ट्रेलिया बीच एशिया प्रशान्त क्षेत्रमा रहेको सैनिक सहकार्य प्रबर्द्धन गर्ने सहमति

काठमाडौं, २०७७ साउन १४ गते बुधबार

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले जुलाई २९ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा केही समययता अमेरिका र अस्ट्रेलिया दुवै देशले जथाभावी रुपमा तथाकथित चीनको धम्की भन्दै प्रचार प्रसार गरी शृंखलाबद्ध समस्यामा चीनको बदनाम गरेको र चीनलाई हिलो छ्यापेको बताउनुभएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार त्यसप्रति चीनले कडा शब्दमा असन्तुष्टि व्यक्त गरेको र दृढताका साथ विरोध गर्नुका साथै छुट्टाछुट्टै गरी अमेरिका र अस्ट्रेलियासमक्ष गम्भीर आपत्ति जनाएको प्रवक्ता वाङले औँल्याउनुभएको छ।

प्रवक्ता वाङका अनुसार, हाल अस्ट्रेलियाली विदेश मन्त्री मारिस पाइएन र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बीच भेटघाट भएको थियो। त्यस अवसरमा दुवै पक्षले एशिया प्रशान्त क्षेत्रमा रहेको सैनिक सहकार्यलाई प्रबर्द्धन गरिने वचन-बद्धता गरेका छन्।

Facebook Comments