Mon. Feb 16th, 2026

कालीकोटमा पहिरोमा पुरिएर एकै घरका सातको मृत्यु

       

कालीकोट, २०७७ साउन १४ गते बुधबार

 कालीकोट जिल्लामा तीन वटा घटनामा परी सात जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ७ मा मंगलबार राति पहिरोले घर पुरेपछि एकै घरका सात जनाको निधन भएको छ ।

स्थानीय गङ्गे बुढाको घर पुरिँदा उहाँलगायत सात जना घरभित्रै पुरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूूचना अधिकृत यक्षराज जोशीले दिनुभएको जानकारी अनुसार गङ्गे बुढाका ११ जना घर परिवारमध्ये सात जनाकाे पुरिएको अवस्थामा शव निकालिएका छन् ।

घरभित्र पुरिएर मृत्यु हुनेहरूमा घरमुली वर्ष ६५ का गङ्गे बुढा, उहाँकी श्रीमती वर्ष ६१ की नैना बुढा, बुहारी वर्ष २४ की कुसा बुढा, वर्ष १० की नातिनी चन्द्रीका बुढा, उहाँका दुई नाति वर्ष चारका राम बुढा र ढेड वर्षका चरित्र बुढा र छोरी बिमला बुढा रहेका छन् । छोरीलाई घाइते अवस्थामा उद्धार गरिएको भए पनि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएपछि एकै घरका सात जनाको मृत्यु भएको हो । गङ्गे बुढाका चार जना परिवारले भने भागेर ज्यान जोगाएका छन् ।

नरहरीनाथ गाउँपालिक वडा नम्बर ४ का बले बुढा र उनकी श्रीमती मोना बुढा घर भत्किदाँ पुरिएर बेपत्ता हुनुभएको छ । त्यस्तै बाढीले बगाउदाँ खाँडाचक्र नगरपालिका ५ की अविसरा शाही बेपत्ता हुनुभएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read