Mon. Apr 29th, 2024

अमेरिका-चीन सम्बन्ध बिग्रंदै आएकोमा अन्तर्राष्ट्रिय समुदायको चिन्ता

काठमाडौं, २०७७ साउन १४ गते बुधबार

हालै अमेरिकाले निराधार रुपमा हौस्टनस्थित चिनियाँ महावाणिज्य दूताबास बन्द गर्न चीनलाई दबाब दिएपछि उत्पन्न शृंखलाबद्ध काण्डहरू भएकाले चीन अमेरिका सम्बन्ध सामु कठिनाई र अवरोध देखा परेको छ। अधिकांश विदेशी सञ्चार-माध्यमले ती काण्डमा ध्यान दिँदै भावी चीन अमेरिका सम्बन्धको विश्लेषण गरेका छन्।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार एपीले जुलाई २७ तारिख जनाए अनुसार, विश्वमा रहेका दुईवटा सबभन्दा ठूला आर्थिक समुदायको हैसियतले चीन अमेरिका दुवै देशको हित घनिष्टसँग जोडिएको छ। चीन अमेरिका सम्बन्ध बिग्रंदै आएको कुराबाट दुवै देश अझ विशेषगरी सारा विश्वका लागि धम्की र खतरा हुन सक्नेछ। सन् २०१८ मा सुरु भएको ब्यापारिक युद्धबाट चीन र अमेरिका दुवै देशका लागि ठूलो नोक्सानी भएको ठहर पनि एपीले गरेको छ।

बीबीसीले हालै एउटा लेख प्रकाशित गर्दै अमेरिकी सरकारले हौस्टनका लागि चिनियाँ महावाणिज्य दूताबास बन्द गर्न चीनलाई दबाब दिएको कारवाईबाट दुवै देश द्रुत गतिले तल झरेको भन्दै हालसम्म दुवै देशको सम्बन्ध बिगत दशौं वर्षयताको न्यूनत्तम स्तरसम्म झरेको जनाएको छ।

Facebook Comments