Tue. May 14th, 2024

नेकपाका १५२ सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै बुझाए अध्यक्षद्वयलाई पत्र

काठमाडौं, २०७७ साउन १४ गते बुधबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक सय ५२ केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका छन् ।

पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर अघि बढाउनुपर्ने समयमा विवाद झनै चुलिँदै गएको भन्दै केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यालय धुम्बाराहीमा लिखित पत्र बुझाएका हुन् । पार्टीभित्रको विवादले आफूहरुलाई चिन्तित बनाएको भन्दै उनीहरुले अहिले देखिएका सबै विवाद र समस्याको समाधान पार्टीको बैठकमा छलफल गरी विधि पद्धतिअनुसार समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय देखिएको गतिरोध अन्त्यका लागि छलफल आवश्यक रहेकोले बैठकको माग गरिएको केन्द्रीय सदस्य हिमाल शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।

पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने केन्द्रीय सदस्यहरुको माग छ । यो व्यवस्थाअनुसार एक चौथाइ सदस्यले बैठक माग गरेको एक महिनाभित्र बैठक बोलाउनुपर्ने हुन्छ । नेकपामा चार सय ४१ केन्द्रीय सदस्य रहेका छन् । उज्यालो अनलाईनबाट

नामावली अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments