Sun. Apr 19th, 2026

सरिता गिरीको रिक्त सांसद पदमा लीलादेवी सिटौला निर्वाचित

       

काठमाडौं, २०७७ साउन १२ गते सोमबार

निर्वाचन आयोगले समाजवादी पार्टीका तर्फबाट सरिता गिरीको स्थानमा रिक्त रहेको प्रतिनिधिसभाको सांसद पदमा लीलादेवी सिटौला निर्वाचित भएको घोषणा गरेको छ ।

सो पर्टीले समानुपातिक पद्धतिअन्तर्गत खस आर्य समूहको रिक्त महिला सदस्यमा उहाँको नामा सिफारिस गरेकाले निर्वाचन आयोगले उहाँलाई निर्वाचित गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार नेपालको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्न संसदमा सरकारले पेश गरेको संशोधन विधेयकमा पार्टीको निर्णय विपरित सो विधेयकको विपक्षमा संसोधन प्रस्ताव दर्ता गराएको तथा मतदानमा भाग नलिएपछि पार्टीले गिरीलाई निष्कासन गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार