Sun. Nov 24th, 2024

कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा   

विराटनगर, २०८१ कात्तिक २१ गते बुधबार । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश जानुभएका मन्त्री अधिकारीको आलोचना भएपछि उहाँले नैतिकताको आधारमा राजीनामा दिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

Facebook Comments