Tue. Mar 18th, 2025 10:04:43

सी चिनफिङ कूटनीतिक विचारधारा अनुसन्धान केन्द्र स्थापना

फाईल फोटो

काठमाडौं, २०७७ साउन ५ गते सोमबार

सी चिनफिङ कूटनीतिक विचारधाराको अनुसन्धान केन्द्रको स्थापना समारोह २० तारिख पैचिङमा आयोजित भएको छ। उक्त अनुसन्धान केन्द्र परराष्ट्र मन्त्रालयले चिनियाँ अन्तर्राष्ट्रिय मामिला अनुसन्धान संस्थानद्वारा स्थापित भएको हो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  चिनियाँ राज्य परिषद्का सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले अनुसन्धान केन्द्रको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ।

उहाँका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशन यता महासचिव सी चिनफिङले महान रणनीतिकारको दृष्टिकोणबाट मानव समाजको विकास नियमको उचित विचार गर्नुका साथै अन्तर्राष्ट्रिय पररिस्थितिको प्रवृत्ति तथा त्यसमा चीनको ऐतिहासिक स्थानलाई न्याय गरेर चिनियाँ विशेषतायुक्त नयाँ विचार,धारणा तथा प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

जसबाट सी चिनफिङको नयाँ कालमा चिनियाँ विशेषतायुक्त समाजवादी कूटनीतिक विचार स्थापना भएको छ। जसले नयाँ कालमा चिनियाँ कूटनीतिलाई दिशा देखाउनुका साथै मौलिक आधार दिएको छ।

Facebook Comments