Mon. Aug 3rd, 2026

सदिच्छा !

       

काठमाडौं, २०७७ साउन ५ गते सोमबार

भावना न्यौपाने भवानी
उदारताको आकाश बनौँ
विद्रोहको बादल होइन
अविश्रान्त जीवनयात्राको गतिसँगै
नरित्तिने दानपात्रको समृद्धिको चैतन्य बनौँ
नओइलाई फूलिरहौँ पुष्पभूमि नेपालमा
अमृत बिहानीसँगै लोककल्याणकारी हृदय जगाउँदै
उदारताको आकाश बनौँ
विद्रोहको बादल होइन।
दिव्य कान्तिमय तेजिलो चन्द्रवदन लिई
शुद्ध गङ्गाजल जस्तो मन बोकी
सफलताको हिमचुली चुमौँ
सहिदको रगत चिनौँ
आफ्ना राष्ट्रिय साध किल्ला चिनौँ
घेरबार लगाऔँ
सबैका नयनमा फुल्ने लाली गुराँस बनौँ
उदारताको आकाश बनौँ
विद्रोहको बादल होइन।
समानता र स्वतन्त्रताका झण्डा गाडौँ
बुद्धको अस्तित्व बचाउँदै
स्वाभिमानका कित्ता कोर्दै
यो देशको सच्चा सपूत बनौँ
विदेशीको दास होइन
उदारताको आकाश बनौँ
विद्रोहको बादल होइन।
Facebook Comments