Wed. Dec 10th, 2025

अमेरिकी राजनीतिज्ञ-वर्तमान विश्व शान्तिमा चुनौति

       

काठमाडौं, २०७७ साउन २ गते शुक्रबार

अमेरिकी विदेश मन्त्री माइक पोम्पे‌ओ,ह्वाइटहाउसका व्यापार परामर्शदाता पेटर नावारो,अमेरिकी राष्ट्रिय सुरक्षा मामिला परामर्शदाता रोपर्ट ओ ब्रिएन तीन अमेरिकी राजनीतिज्ञहरुले चीनमाथि हिलो छ्याप्ने काम गर्दै आएका छन् जुन सर्वसाधारण कुनै पनि व्यक्तिले चीनलाई त्यस्तो आरोप लगाउन सक्दैनन्।

एकपक्षीय रुपमा चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक विवाद उठाउनु, चिनियाँ उच्च प्राविधिक व्यवसायको विरुद्ध, महामारीको निहुँमा चीनमाथि झुटो आरोप लगाउनु, हङकङ, थाइवान, तिब्बतसम्बन्धी चीनको आन्तरिक मामिलामा हिँसात्मक हस्तक्षेप आदि कार्य गर्नु ती अमेरिकी राजनीतिज्ञको कर्तुतको लक्ष्य के हो?

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार वर्तमान अमेरिकामा महामारीको रोकथाम होस वा अर्थतन्त्र र रोजगार सबै अभूतपूर्व कठिनाइमा प्रवेश गरेका छन्। अमेरिकी राजनीतिज्ञहरुले आफ्ना आन्तरिक समस्याको समाधान गर्न कुनै उपाय नभेटेर चीनलाई प्रयोग गर्दै सर्वसाधारणको ध्यानलाई अर्कातिर मोड्ने प्रयास गरिरहेका छन्। अझ गहिरो कारण के हो भने ती राजनीतिज्ञहरुको विचारमा केवल अमेरिका नै यस संसारको नेता हो। उनीहरुले चीनको विकास प्रगतिलाई स्वीकार गर्न सक्दैनन्।

सहयोग भएमा दुबैलाई हितकर र संघर्ष भएमा दुबैलाई क्षति हुनु स्वाभाविक हो। यो चीन र अमेरिकाबीचको द्वौत्य सम्बन्ध स्थापना भएको ४० वर्षयता पाइएको सबैभन्दा महत्वपूर्ण अनुभव हो। चीनलाई हेर्ने उचित धारणा लिएमा अमेरिकाले वास्तविक रुपमा आफ्नो कठिनाइबाट मुक्त पाउन सक्छ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read