Sun. May 5th, 2024

लद्दाख पुगेर भारतीय रक्षामन्त्रीले भने : विश्वको कुनै शक्तिले हाम्रो भूमि खोस्न सक्दैन

नयाँदिल्ली, २०७७ साउन २ गते शुक्रबार

भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनसँगको विवादित क्षेत्र लद्दाखस्थित लेह भ्रमण गरेका छन् । सैनिक उच्च अधिकारीहरुसँगै लुकुङ सैन्य पोस्टमा पुगेर रक्षामन्त्री सिंहले सिपाहीहरुसँग अन्तरक्रिया पनि गरेका थिए ।

यस क्रममा उनले चीनसँग भारतीय पक्षको वार्ता जारी रहेको र सहमति उन्मुख रहेको प्रतिक्रिया दिए । साथै संसारमा कुनै शक्तिले भारतको जमिन खोस्न नसक्ने उनले चेतावनी दिएका थिए ।
‘सीमा मुद्दा समाधानका लागि वार्ता भइरहेको छ । र तिनले मुद्दालाई समाधानतर्फ लैजानै पर्छ । तर कुन हदसम्म यसलाई समाधान गर्न सकिन्छ, म ग्यारेन्टी दिन सक्दिनँ,’ रक्षामन्त्री सिंहले भनेका छन् ।

उनले अघि थपेका छन्, ‘भारतसँग विश्वको कुनै शक्तिले जमिन खोसेर लैजान सक्दैन, भारत कमजोर देश हैन । हामी हाम्रो जमिनको प्रत्येक इन्च रक्षा गर्न कटिवद्ध छौँ ।’ चिनियाँ सैनिकसँग भीडन्तको क्रममा २० भारतीय सैनिक मारिएको एक महिनापछि रक्षामन्त्री सिंह लद्दाख पुगेका हुन् ।

जुन १५ मा गलवान उपत्याकामा चिनियाँ सिपाही र भारतीय सिपाहीबीच भीडन्त हुँदा भारत तर्फका २० सिपाहीको मृत्यु भएको थियो । यस क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाइ ३ मा भ्रमण गरिसकेका छन् ।

Facebook Comments