Mon. Dec 23rd, 2024

उपराष्ट्रपति यादव अस्पताल भर्ना   

काठमाण्डू, २०८१ कात्तिक ७ गते बुधबार । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । हर्नियाको शल्यक्रियाका निम्ति उहाँ मङ्गलबार साँझ भर्ना हुनुभएको हो ।

राससका अनुसार  उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका अनुसार उहाँको आज शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको शल्यक्रिया प्राध्यापक डा. रमेशसिंह भण्डारी र सहप्राध्यापक डा. सुमिता प्रधानले गर्नुहुने छ ।

Facebook Comments