Tue. Oct 22nd, 2024

‘संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न सकेन’   

अत्तरिया (कैलाली), २०८१ कात्तिक ६ गते मंगलबार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न नसकेको बताउनुभएको छ ।

नेपाल शिक्षक सङ्घ सङ्घीय कार्यसमितिले आज धनगढीमा आयोजना गरेको महासचिव/सचिवस्तरीय राष्ट्रिय भेलाको उद्घाटन सत्रमा उहाँले सोही कारण शिक्षकका समस्या सम्बोधन गर्ने सम्बन्धमा पनि प्रदेश सरकारलाई समस्या भइरहेको बताउनुभयो ।

“उच्च शिक्षा प्रदेश सरकारअन्तर्गत भनिएको छ तर त्यो अधिकार प्रयोग गर्ने कुनै आधार छैन्, संरचना छैन्, विश्वविद्यालय छैन्”, उहाँले भन्नुभयो, “शिक्षकका हकहितका सन्दर्भमा धेरै कुरा उठेका छन् । सङ्घीयतामा कार्यान्वयनको चरणमा मुलुक अगाडि बढिसके पनि संविधानतः धेरै संरचनागत अधिकारहरू हस्तान्तरण हुन नसक्दा समस्या भइरहेको छ ।”

सङ्घीयतालाई बलियो बनाउन, जनविश्वास र भरोसा बढाउन प्रदेशलाई प्रदत्त अधिकार तत्काल हस्तान्तरण गर्नुपर्नेमा मुख्यमन्त्री शाहको जोड थियो ।

Facebook Comments