Sun. Apr 28th, 2024

अमेरिकी राष्ट्रपति ट्रम्पको मुखमा महामारी यता पहिलो पटक मास्क

काठमाडौं, २०७७ असार २८ गते आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ११ तारिख दिउँसो मेरिल्याण्ड राज्यमा अवस्थित एउटा सैनिक चिकित्सा संस्थामा घाइते सिपाहीं र चिकित्साकर्मीको निरीक्षण गर्ने क्रममा मास्क लगाउनुभएको छ। अमेरिकी सञ्चार-माध्यमले जनाए अनुसार, नयाँ कोरोना महामारी अमेरिकामा देखा परेयता ट्रम्पले खुला रुपमा मास्क लगाउनुभएको यो पहिलो पटक हो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार श्पासप्रश्वास सरुवा रोगको प्रतिरोध र नियन्त्रण क्रममा मास्कको भूमिका ज्यादै महत्वपूर्ण हुन्छ। तैपनि अधिकांश अमेरिकी जनताले मास्क लगाउने सम्बन्धमा निकै ठूलो प्रतिरोधी अडान लिएका छन्। त्यो अमेरिकाको रोग अवस्था तल झर्न नसकेको एक महत्वपूर्ण कारण पनि हो। प्राप्त जानकारी अनुसार, हाल समस्त अमेरिकामा वाशिङ्टन र कोलम्बिया विशेष क्षेत्र लगायत २० भन्दा बढी प्रदेशका सरकारले खुला ठाउँमा मास्क लगाउनुपर्ने आग्रह सर्वसाधारणसमक्ष प्रस्तुत गरिसकेका छन्। तैपनि अमेरिकी राष्ट्रपतिको हैसियतले ट्रम्पले खुला ठाउँमा मास्क नलगाउने कुरालाई कायम राख्दै आउनुभएको छ। उहाँको त्यस्तो कारवाईको निकै सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूले आलोचना गरेका छन्।

हाल अमेरिकाका अधिकांश स्थानमा उच्च तापक्रम भोगेकाले रोग निवारण र उच्च तापक्रम सम्बन्धी पूर्व चेतावनी कार्य झन् जटिल र अप्ठ्यारो बन्दै गएको देखिन्छ।

Facebook Comments