Sat. May 11th, 2024

प्रधानमन्त्री ओलीद्वारा अमिताभ र अभिषेक बच्चनकाे शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं, २०७७ असार २८ गते आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

बलिउड अभिनेता अमिताभ बच्चन र उहाँका छोरा अभिषेक बच्चनमा शनिबार अबेर राति कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको थियो । गोरखापत्र अनलाईनका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो ट्विटर हयाण्डलबाट ट्वीट गर्नुहुँदै दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले आइतबार अपरान्ह ट्वीट गर्दै लेख्नुभएको छ, “भारतका महान अभिनेता सिनियर बच्चन र जुयिनर बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौं ।”

७७ वर्षीय अमिताभ सङ्क्रमित भएपछि मुम्बईस्थित नानावती अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको छ । उहाँको अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

Facebook Comments