Tue. Mar 18th, 2025 12:54:29

विश्व स्वास्थ्य संगठनबाट हट्नु अमेरिकाको आत्मघाती कदम

काठमाडौं, २०७७ असार २४ गते बुधबार

संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफेन दुजारिकले जुलाई ७ तारिख अमेरिका यसै जुलाई ६ तारिखदेखि विश्व स्वास्थ्य संगठनबाट अगलिने खबर औपचारिक रुपमा राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेसलाई इमेलमार्फत् जानकारी गराएको पुष्टि गर्नुभएको छ।

एपी समाचार समितिका अनुसार, अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा बढी आर्थिक सहायता गर्ने मुलुक हो। हरेक वर्ष अमेरिकाले ४० करोड अमेरिकी डलर प्रदान गर्छ। तथापि अहिलेसम्म अमेरिकाले करिब २० करोड अमेरिकी डलर तिर्न बाँकी छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार चालू वर्षदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निरन्तर रुपमा विश्व स्वास्थ्य संगठनलाई दु:ख दिंदै आएका छन्। यस कारण अमेरिकालाई धेरै मुलुकले आरोप लगाइरहेका छन्। अहिले विश्व स्वास्थ्य संगठनबाट हट्ने कुराबाट अमेरिका अझै बढी आलोचनामा तानिएको छ। संयुक्त राष्ट्र संघीय कोषकी अध्यक्ष एवं प्रथम कार्यकारी अधिकृत एलिजावेथ कोसेन्सले अमेरिकाको उक्त गतिविधि कोरोना भाइरस महामारीको प्रतिरोधका लागि विश्व प्रयासलाई बिथोलेर सम्पूर्ण मानव स्वास्थ्य नै जोखिममा पारेको भन्दै आलोचना गर्नुभयो।

 

Facebook Comments