Tue. Jul 28th, 2026

पाकिस्तानका विदेशी मन्त्रीद्वारा छिमेकी मुलुकमा समस्या खडा नगर्न भारतलाई सुझाव

       

काठमाडौं, २०७७ असार ४ गते बिहीबार

पाकिस्तानका विदेशी मन्त्री साह महमुद कुरेशीले भारतले स्वदेशी आन्तरिक मामिलामा ध्यान दिनुपर्ने भन्दै भारत विस्तारवादी मुलुक देखिएको र छिमेकी मुलुकसँगको सीमा क्षेत्रमा समस्या नगर्न सल्लाह दिनुभएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार पाकिस्तान मर्निङ समाचार पत्रले विदेश मन्त्री कुरेशीले जुन १४ तारिख ट्वीटरमा उक्त विचार सार्वजनिक गर्नु भएको समाचार लेखेको छ। मन्त्री कुरेशीले भारतले त्रुटीपूर्ण असफलता र फासिज्मवाद अँगालेको आरोप लगाउँदै जुन आफैंलाई धेरै समस्या ल्याएउने भन्दै भारत एउटा विस्तारवादी मुलुक जस्तै देखिँदै आएको र विभिन्न छिमेकी मुलुकसँगको सीमा क्षेत्रमा विवाद सिर्जना गरेको विषयको निन्दा गर्नुभएको छ।

पाकिस्तानी संचारमाध्यमका अनुसार भारतीय सेनाले भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा विनाकारण आक्रमण गरेको बताउँदै सैन्य तथा सर्वसाधारण स्थानीय नागरिकमाथि लक्षित आक्रमण गरेको बताउनु भएको समाचारमा जनाइएको छ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read