Fri. Sep 20th, 2024

चीनको नियन्त्रणमा रहेका दशजना भारतीय सेना मुक्त

काठमाडौं, २०७७ असार ५ गते शुक्रबार

चीनले सीमा भिडन्तको क्रममा नियन्त्रणमा लिएको दशजना भारतीय सेनाका जवानलाई मुक्त गरेको छ । गत् सोमबार भारत र चीन जोड्ने लद्दाखमा दुबै राष्ट्रका सेनाबीच भिडन्त हुँदा २० जना भारतीय सेनाको मृत्यु भएको थियो ।

भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले दश जना सिपाहीलाई मुक्त गरिएको उल्लेख गरेको छ । भारत सरकारले भने उक्त सूचनाको पुष्टि गरेको छैन् । भारतले भिडन्तको क्रममा कुनै सिपाही हराएकोबारे पुष्टि गरेको छैन् । यद्दपी भारतीय सेनाले बिहिबार अबेर आफ्नो कुनै सैन्य सदस्य नहराएको बताएको थियो ।

चीनले भिडन्तको क्रममा भएको क्षति सम्बन्धमा खुलाएको छैन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिचियानले भने चीनतर्फ पनि क्षति भएको प्रष्ट्याउनुभएको थियो । तर दुबै देशका नागरिकस्तरमा पर्नसक्ने नकारात्मक प्रभाब र संवेदनशिलतालाई ध्यानमा राखेर चीनले संख्या नखुलाएको बताइएको छ । भारततर्फ भने एकजना कर्णेलसहित २० जना सेनाको मृत्यु भएको थियो । ७६ जना घाइते भएका थिए । इन्डिया टुडेका वरिष्ठ सम्पादक शिव अरुरले ट्वीट गर्नुहुँदै भारतीय सेना मुक्त गरिएपछि दुबै पक्षबीच वार्ता र छलफलको वातावरण तयार हुने बताउनुभएको छ ।

भिडन्तको क्रममा प्रयोग गरिएका घरेलु हतियारको तस्विर बिहिबार सार्वजनिक भएको थियो । गत् सोमबार भारत र चीनको सेनाबीच सीमा जोड्ने लद्दाखको गलवान नदी छेऊमा भिडन्त भएको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments