Tue. Jul 28th, 2026

“बेल्ट एण्ड रोड”अन्तर्राष्ट्रिय सहकार्य सम्मेलनमा चिनिया राष्ट्राध्यक्ष सीको सन्बोधन

       

काठमाडौं, २०७७ असार ४ गते बिहीबार

“बेल्ट एण्ड रोड”अन्तर्राष्ट्रिय सहकार्य उच्च स्तरीय भिडियो सम्मेलन जुन १८ तारिख बिहीबार पैचिङकमा आयोजना भयो।

सो सम्मेलनलाई सम्बोधन गर्नुहुँदै  चीनका राष्ट्राध्यक्ष सि चिनफिंगले कोभिड १९ महामारीले विश्वका विभिन्न देशका जनताको स्वास्थ्यमा गम्भीर धक्का दिएको भन्दै यसले विश्वको अर्थतन्त्रलाई कडारूपमा प्रभावित बनाएको बताउनुभयो । साथै वहाँले  केही विकासोन्मुख मुलुकमा आर्थिक संकट आएको कुरा  बताउनुभयो। अर्को पक्षमा महामारीको रोकथामका लागि विभिन्न मुलुकले आफ्नो परिस्थिति बमोजिम प्रभावकारी उपाय अपनाएर महामारीलाई सफलताका साथ नियन्त्रण गरेर अर्थतन्त्र पुनरूत्थान हुँदैआएको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार राष्ट्राध्यक्ष सीले महामारीलाई सकेसम्म छिटो जित्न साथै आर्थिक विकास द्रुत गतिमा पुनरूत्थान हुनका लागि चीनले विश्वलाई सकेसम्म सहयोग गर्ने बताउँदै सबैले आशावादी हुनुपर्ने कुरामा जोड दिनुभयो।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read