Thu. May 2nd, 2024

लद्दाख भिडन्तमा मारिने भारतीय सेनाहरुको संख्या २० पुग्यो

- चिनिया सेनातर्फ पनि ठूलो क्षति भएको अनुमान

काठमाडौं, २०७७ असार ३ गते बुधबार

भारत र चीनबीच कायम रहेको सीमा विवाद चर्किएपछि भएको हिंसामा एक अधिकृत(कर्णेल) सहित २० जना भारतीय सेनाको मृत्यु भएको छ ।

विविसीका अनुसार भारतीय र चिनिया सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा सो झडप भएको हो ।

सुरुमा भारतीय सेनाले झडपमा एक जना कर्णेलसहित ३ जना भारतीय सैनिकको मृत्यु भएको बताएको थियो । मंगलबार राति भारतीय सेनाले एक वक्तव्यमार्फत झडपमा गम्भीर घाइते भएका अन्य १७ जना सैनिकको मृत्यु भएको जानकारी दिएको हो ।

चिनियाँतर्फको क्षति भने यकिन हुन सकेको छैन । भारतीय सञ्चारमाध्यमले भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै चिनियाँ पक्षबाट ठूलो संख्यामा हताहत भएको उल्लेख गरेका छन् । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन् ।

चीनले क्षतिबारे केही जानकारी गराएको छैन् । यद्दपी उसले भारतीय सेना चिनियाँ भूमिमा आएको दाबी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले भारतीय सेना चिनियाँ भूमिमा आएर उक्साउने कार्य गर्दा दुबैतर्फ क्षति हुनेगरी भिडन्त भएको बताउनुभएको छ ।

Facebook Comments