Sun. May 5th, 2024

भारत-चीनसीमा क्षेत्रमा झडप, भारतीय सेनाका कर्णेल सहित ११ जनाको ज्यान गयो

कर्नल संतोष बाबू

काठमाडौं, २०७७ असार २ गते मंगलबार

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सोमबार राती भएको सङ्घर्षमा भारतीय सेनाका कर्णेल सहित ११ जना सैनिकको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो ।

जवान कुंदन ओझा

बीबीसी हिन्दी सेवाका अनुसार भारतीय सेनाले भारत-चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

तर भारतीय टेलिभिजन इन्डिया न्यूजले भिडन्तमा ११ भारतीय सैनिक र १२ जना चिनिया सेनाको मृत्यु भएको बताएको छ । यो समाचार तयार पर्दा सम्म चिनिया सञ्चार माध्यममा भने यस बारेमा कुनै जानकारी प्राप्त गर्न सकिएको छैन ।

जवान पलनी

भारतीय सञ्चार माध्यम दैनिक भास्करले भने घटनामा २० भारतीय सेनाको मृत्यु भएको समाचार लेखेको छ । दैनिक भास्कर लेख्छः लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो ।

गलवान उपत्यका

यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि तनाव रहेको छ । तनावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको थियो । त्यसपछि भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल छन् । अन्यको नाम सार्वजनिक भएको छैन ।

चीन तर्फ पनि ३ देखि ५ सैनिक मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतीय सञ्चार माध्यमहरुले भिडन्तमा मृत्युहुनेहरुको संख्या बढ्न सक्ने बताएका छन् ।

Facebook Comments