Mon. Oct 28th, 2024

टान निर्वाचन २०२४ : यस्ता छन् राजेन्द्र प्रसाद सापकोटा समूहका चुनावी एजेन्डा

रमेश हतुवाली/काठमाण्डू, २०८१ भदौ १५ गते शनिबार। ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)को नयाँ कार्यसमितिको निर्वाचनका लागि राजेन्द्र प्रसाद सापकोटा नेतृत्वको लोकतान्त्रिक तथा प्रगतिशील समूहको तर्फबाट अन्तिम चुनावी सभा र उम्मेदवार परिचय कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डूको बालुवाटारस्थित एक पार्टी प्यालेसमा आज साँझ आयोजित एक भव्य समारोहमा अध्यक्ष पदका उम्मेदवार सापकोटा लगायत १७ जना उम्मेदवारले मतदाता समक्ष आ-आफ्नो परिचय र चुनावी एजेन्डा प्रस्तुत गर्नुभएको थियो ।

टानको नयाँ कार्यसमितिको निर्वाचन पर्सि भदौ १७ गते सोमबार हुने भएको छ ।

Facebook Comments