Mon. Oct 28th, 2024

मधेस र मधेसीको हितका लागि अभियानका रुपमा काम गर्नुपर्छ : कार्यकारी अध्यक्ष झा   

मोरङ, २०८१ भदौ १५ गते शनिबार । राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मधेस र मधेसी जनताको हितका लागि अभियानका रूपमा काम गर्नुपर्ने बताउनुभएको छ ।

मैथिली एसोसिएसन विराटनगरद्वारा आज यहाँ आयोजित मधेसी बुद्धिजीवी वैचारिक मन्थन कार्यक्रम ‘भविष्यक २५ वर्ष-मैथिलिक स्वर्णिम लक्ष्य’ विषयक गोष्ठीमा उहाँले विभिन्न राजनीतिक दलका नेतृत्वकर्ताहरूलाई मधेसको समग्र मुद्दाहरू सङ्कलन गरेर न्यूनतम कार्यक्रम बनाउन सुझाव दिनुभयो ।

अध्यक्ष झाले भत्रुभयो, “राजनीतिक दलमा मधेसी समुदायको शिक्षा, राजनीतिक चेतनास्तर वृद्धिका लागि आवश्यक नीति कार्यक्रम र बजेटको समुचित व्यवस्था हुनुपर्छ ।”

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता शिवकुमार मण्डलले मधेसका मुद्दामा सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ राजनीतिक विश्लेषक सिके लालले मधेसको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक र शैक्षिक सन्दर्भमा चर्चा गर्नुभयो ।

गोष्ठीका वक्ताहरूले मधेसी बुद्धिजीवी एवं विभित्र दलमा आबद्ध मैथिली समुदायका नेताहरूले मधेसी समुदायलाई सामाजिक, राजनीतिक र सचेतनास्तर वृद्धि गर्न र एकीकृत रूपमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रवीण झा, नेपाली कांग्रेसका पङ्कज वर्मा, नेकपा (एमाले)का रामलाल साह र स्वतन्त्र राजनीतिक कार्यकर्ता उमेश यादवले सामूहिक एकताबाट मधेसी समुदायले समृद्धिसँगै अधिकार र राजनीतिक नेतृत्व प्राप्त हुने धारणा राख्नुभयो । रासस

Facebook Comments