Mon. Oct 28th, 2024

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाण्डू, २०८१ भदौ १५ गते शनिबार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो। त्यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

नयाँ मूल्यअनुसार काठमाण्डू उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ। नयाँ मूल्यसूची आज १२ बजेपछि लागू हुनेछ । रासस

Facebook Comments