Wed. Oct 23rd, 2024

टानमा नयाँ कार्यसमिति निर्वाचनका लागि राजेन्द्र प्रसाद सापकोटा समूहको उम्मेदवारी घोषणा

काठमाण्डू, २०८१ भदौ १ गते शनिबार । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)को नयाँ कार्यसमितिको निर्वाचनका लागि राजेन्द्र प्रसाद सापकोटा नेतृत्वको समावेशी समूहको तर्फबाट उम्मेदवारी घोषणा गरिएको छ ।

काठमाण्डू पकनाजोलस्थित गोकर्ण हाउसमा आज एक समारोहबीच सो समूहले १७ जनाको उम्मेदवारी घोषणा गरेको हो । घोषणा कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पदका उम्मेदवार तथा पर्यटन व्यवसायी राजेन्द्र प्रसाद सापकोटाले नेपालको पर्यटन क्षेत्रको पहिचान नै पदमार्ग भएकोले यसलाई जोगाउन अत्यन्त आवश्यक रहेको बताउनुभयो । भएका पदमार्गहरुको विकास र सुरक्षा गर्दै विकासका संरचनाहरु बैकल्पिक ढंगबाट निर्माण गर्नुपर्ने सापकोटाको भनाइ छ ।

अध्यक्ष पदका उम्मेदवार राजेन्द्र प्रसाद सापकोटा

हाल अनलाईन प्रणालीमार्फत टानमा आबद्ध ट्रेकिङ कम्पनीहरुले आफै टिम्स कार्ड जारी गर्न सक्ने उल्लेख गर्नुहुँदै सापकोटाकाले यस व्यवस्थालाई चुस्त दुरुस्त पारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । आफूले नेतृत्व गरेको समूह समावेश, उर्जाशिल, व्यवसायीमैत्री र पर्यटन प्रवद्र्धनका हिसावले सबल र संगठीत रहेको अध्यक्ष पदका उम्मेदवार सापकोटाको भनाइ छ ।

महासचिव पदका उम्मेदवार राजेन्द्र प्रसाद सुवेदीले

सो कार्यक्रममा राजेन्द्र प्रसाद सापकोटा समूहको तर्फबाट जारी गरिएको घोषणापत्र सुनाउनुहुँदै महासचिव पदका उम्मेदवार राजेन्द्र प्रसाद सुवेदीले युवा पुस्तालाई नेपालमा पदयात्रा पर्यटनको महत्व छ र यसका माध्यमबाट स्वदेशमै रोजगारी प्राप्त हुनेछ भनेर बुझाउन माध्यमिक शिक्षादेखि नै पदयात्रा पर्यटनको अध्ययन गराउने व्यवस्था लागू गराउन आफ्नो समूहले पहल गर्ने बताउनु भयो ।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल टानको नयाँ कार्यसमितिको निर्वाचनका लागि राजेन्द्र प्रसाद सापकोटा समूहको उम्मेदवारी घोषणा, टानको गरिमा र नेपालको पर्यटन क्षेत्रको विकासमा प्रतिवद्ध रहने उम्मेदवारहरुको प्रतिवद्धता ।।

सो समूहका अन्य उम्मेदवारहरुमा कर्मा शेर्पा वरिष्ठ उपाध्यक्ष, विष्णु प्रसाद लम्साल प्रथम उपाध्यक्ष, सनम शेर्पा द्वितीय उपाध्यक्ष, रिन्जी जाङबु शेर्पा सचिव, गौतम राज वाग्ले कोषाध्यक्ष, लाक्पा तेम्बा शेर्पा सहकोषाध्यक्ष रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवन बहादुर खड्का, दावा ग्यालजेन लामा, छप्ते लामा र पवित्रा तामाङले उम्मेदवारी दिनुभएको छ ।

टानको नयाँ कार्यसमितिको निर्वाचन यहि भदौ १७ गते सोमबार हुने भएको छ ।

Facebook Comments