Thu. Apr 18th, 2024

ईदको उपलक्ष्यमा आईतबार सार्वजनिक बिदा

काठमाडौं, २०७७ जेठ १० गते शनिबार

गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुँदैछ । गोरखापत्र अनलाईनका अनुसार  मन्त्रिपरिषद्ले उक्त पर्वको समापनको अवसरमा आइतबार ११ गते बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभएको छ ।

Facebook Comments