Wed. May 1st, 2024

चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जन-कांग्रेस संक्षिप्त परिचय

काठमाडौं, २०७७ जेठ ९ गते शुक्रबार

चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जन काँग्रेसको तेह्रौं समितिको तेस्रो बार्षिक अधिवेशन मे २२ तारिख शुक्रबार बिहान चीनको राजधानी पैचिंगमा सुरु भएको छ ।

सो समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ लगायत सरकार तथा पार्टीका नेताहरू सहभागी हुनुभएको छ। यस अधिवेशनमा जम्मा २८९७ जना प्रतिनिधिहरू सहभागी भएका छन्। तर धेरैलाई यस संस्थाको बारेमा जानकारी नहुन पनि सक्छ । त्यसै यहाँ हामी चिनियाँ राष्ट्रिय जन काँग्रेस के हो भन्ने विषयमा चर्चा गर्दैछौं ।

चिनियाँ राष्ट्रिय जन काँग्रेस

“जनगणतन्त्र चीनको संविधानमा” जनगणतन्त्र चीनको सर्वाधिकार जनतामा निहित भएको कुरा उल्लेख गरिएको छ । जनताले राज्य-सत्ताको सञ्चालन गर्ने अंग चाहि राष्ट्रिय जन-कांग्रेस तथा विभिन्न तहका स्थानिय जन-कांग्रेसहरु हुन । जन-कांग्रेसको व्यवस्था जनगणतन्त्र चीनको मूलभूत राजनैतिक व्यवस्था हो । राष्ट्रिय जन-कांग्रेस तथा विभिन्न तहका स्थानीय जन-कांग्रेसको मनोनयन प्रजातान्त्रिक निर्वाचनका माध्यमबाट गरिन्छ ।

देशको प्रशासन कार्यालय, फैसला कार्यालय र न्यायाधिवक्ता कार्यालयको गठन जन-कांग्रेसबाट गरिन्छ । जनगणतन्त्र चीन एकीकृत बहुजातीय देश हो । विभिन्न थरीका अल्पसंख्यक जातीहरुले बसोबास गरिरहेका ठाउँहरुमा क्षेत्रीय स्वशासन लागू हुने गर्दछ र ती स्वाशासित ठाउँ सबै नै जनगणतन्त्र चीनका अविभाज्य अंग हुन । जनगणतन्त्र चीनको राष्ट्रिय जन-कांग्रेस राज्य-सत्ताको सर्वोच्च निकाय हो । चीनमा संसदको एक सदनात्मक व्यवस्था छ । यसको गठन विभिन्न प्रान्त, स्वायत्त प्रदेश तथा केन्द्र शासित शहरहरु र जनमुक्ति सेनाद्वारा मनोनित प्रतिनिधिहरुबाट गरिन्छ ।

राष्ट्रिय जन-कांग्रेसको कार्यावधि ४/५ वर्षको हुन्छ र हरेक वर्ष एक पटक सम्मेलन आयोजित हुने गर्दछ । सो सम्मेलन राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिले बोलाउने गर्दछ । राष्ट्रिय जन-कांग्रेसले निम्न हकाधिकारको प्रयोग गर्न पाउँछ :

 – संविधान संशोधन गर्ने: संविधानको कार्यान्वयनमाथि निगरानी गर्ने

 – राष्ट्रिय अर्थतन्त्र एवम् सामाजिक विकास सम्बन्धी योजना तथा सो योजनाको कार्यान्वयन सम्बन्धी प्रतिवेदनमाथि लेखाजोखा गर्ने र तिनलाई अनुमोदन गर्ने

 – सरकारको बजेट तथा सो बजेटको कार्यान्वयन सम्बन्धी प्रतिवेदनमाथि लेखाजोखा गर्ने र तिनलाई अनुमोदन गर्ने ।

 – राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष, उपाध्यक्षहरु, महासचिव तथा सदस्यहरुको मनोनयन गर्ने, जन गणतन्त्र चीनका अध्यक्ष तथा उपाध्यक्षहरुको मनोनयन      गर्ने, जन गणतन्त्र

– चीनका अध्यक्षको सिफारिश बमोजिम राज्य परिषद्का प्रधानमन्त्रीको पदका लागि अनुकूल व्यक्तिलाई अनुमोदन गर्ने

 – प्रान्त, स्वायत्त प्रदेश तथा केन्द्र शासित शहरको स्थापनाको अनुमोदन गर्ने र विशेष प्रशासनिक क्षेत्रको स्थापना एवम् त्यसको व्यवस्था सम्बन्धी निर्णय गर्ने

 – युद्ध र शान्ति सम्बन्धी विषयको निर्णय गर्ने र सर्वोच्च राजसत्तासम्पन्न अंगले उपयोग गर्नुपर्ने अन्य हक अधिकारहरु राष्ट्रिय जन-कांग्रेसको अधिकार क्षेत्रभित्र पर्दछन् ।

राष्ट्रिय जन कांग्रेसको सम्मेलन हरेक बर्षको पहिलो त्रैमासिक अवधिमा आयोजित हुने गर्दछ । चिनियाँ राष्ट्रिय जन कांग्रेसको बार्षिक बैठक/अधिवेशन प्रत्येक बर्षको मार्च महिनाको ५ तारिखमा सुरु हुने गर्दछ । तर विश्वब्यापी रुपमा फैलिएको कोरोना भइरसको महामारीको कारण यस वर्ष भने यो सम्मेलन झण्डै तीन महिनापछि सुरु भएको छ ।

Facebook Comments