Wed. Mar 19th, 2025 11:15:29

नेपाल भ्रमण वर्षमा पर्यटकहरुलाई होटलमा ३० प्रतिशतसम्म छुट

काठमाडौं, २०७६ कार्तिक १५ गते शुक्रबार ।

नेपाल भ्रमण वर्ष २०२० लक्षित गरेर होटल एसोसिएसन अफ नेपाल (हान)ले पर्यटकहरुलाई ३० प्रतिशतसम्म छुट दिने भएको छ। एसोसिएसनमा आबद्ध दुई हजारवटा होटलले होटल रुममा ३० प्रतिशतसम्म र खानामा १५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो।

आज बसेको हान कार्यसमितिको बैठकले उक्त निर्णय गरेको नेपालखबर अनलाइनले लेखेको छ। देशले भ्रमण वर्ष मनाउन लागेकोमा होटल व्यवसायीले साथ दिन उक्त निर्णय गरेको हानले जनाएको छ। हानमा आबद्ध सबैले उक्त निर्णय मान्ने हानले उल्लेख गरेको छ।

Facebook Comments