Fri. May 17th, 2024

न्यूयोर्कमा कोरोना भाइरस प्रभावित नेपाली समुदायलाई लाइन्स क्लबहरुको सहयोग

-कृष्ण आचार्य,

न्यूयोर्क, अमेरिका, २०७७ बैशाक ३१ गते बुधबार

न्यूयोर्कमा कोरोना भाइरस प्रभावित नेपाली समुदायलाई लाइन्स क्लबहरुले सहयोग गरेका छन ।

कोरोना महामारीको शुरूवातदेखी नै नेपाली लाइन्स नेटवर्क न्यूयोर्क फर हेल्प कोभिड-१९ ले आफुसंग उपलब्ध सबै साधन स्रोतहरूको परिचालन गरि नेपाली समुदायमा कोरोना रोकथाम र सावधानीको सुचना आदान-प्रदान र परामर्श निम्ति क्रियाशील भै रहेको जनाएको छ ।

यसैबीच हालै फेलो लाइन्स क्लब,एभरेस्ट लाइन क्लब अफ डालस टेक्ससले १० बट्टा पन्जा T,१० बट्टा ज्वरो कम गर्ने टाईनालो,२०० थान मार्स एलिन वेंगबाट २ हजार थान मास्क र प्रवासी नेपाली एकता मंचका अध्यक्ष टेक गुरूंग,याम लामाबाट प्राप्त ह्यान्ड स्यानीटाईजर्स ३० वटा ,टाईनालोल ३५ लगायतका सामग्रीहरू न्युयोर्कको क्विन्स क्षेत्रमा बसोबास गर्ने कोरोना भाईरसको जोखिममा रहेका ७९ परिवारहरूलाई उनीहरूको घर ठेगानामा नै पुगेर बितरण गरिएको छ ।

नेपाली लायन्स नेटवर्कका सेवा संयोजक लाइन्स कृष्ण आचार्यको नेतृत्वमा रहेको लायंन्स स्वयंसेवकहरूको ३ समुहले उक्त कार्यमा स्वयंसेवी भै कार्य गरेको थियो ।

यस कार्यमा सहयोगी दाता तथा लायंन्स क्लब स्वयंसेवकहरूमा नेपाली लाइन्स नेटवर्क न्यूयोर्क फर हेल्प कोभिड-१९ले हार्दिक आभार व्यक्त गरेको छ । साथै आउँदा दिनहरुमा पनि यस महामारीबाट पिडित ब्यक्ति तथा परिवारमा अति आवश्यकिय सहयोगको लागि नेपाली लाइन्स नेटवर्क कटिबद्ध र प्रतिबद्ध रहने जनाईएको छ ।

Facebook Comments