Sat. Sep 21st, 2024

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता   

काठमाण्डू,२०८१ जेठ ११ गते शुक्रबार । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले संसद्मा जारी गतिरोधबारे जिज्ञासा राख्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले संसद्मा जारी गतिरोध अन्त्यका लागि आफू क्रियाशील रहेको जानकारी दिनुभएको थियो । रासस

Facebook Comments