Fri. Sep 20th, 2024

लकडाउन जेठ ५ सम्मका लागि थपियो अन्तर्राष्ट्रिय र आन्तरिक उडान जेठ १८ सम्म बन्द

- कोरोनाको सकस कहिले सम्म गाँठे ?

काठमाडौं, २०७७ बैशाक २४ गते बुधबार

मन्त्रिपरिषद् बैठकले देशभर जारी लकडाउनलाई ५ जेठसम्म निरन्तरता दिने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बुधबार बसेको बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो। यसअघि जारी गरिएको लकडाउन भोलि बिहीबार सकिँदै थियो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लकडाउन थप्ने निर्णय भएको जानकारी दिनुभयो। हिजो कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले पनि लकडाउन थप्न सरकारलाई सिफारिस गरेको थियो।

नयाँ पत्रिका दैनिकका अनुसार मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सीमानाका १८ जेठसम्म बन्द गर्ने निर्णय पनि लिएको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका वेला सीमानाका बन्द गर्ने निर्णय भएको हो ।

अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा लगाइएको प्रतिबन्ध पनि १८ जेठ सम्म पुर्‍याएको छ । यसअघि प्रतिबन्ध २ जेठसम्म जारी गरिएको थियो । सरकारले भोलि बुद्धजयन्तीका अवसरमा साँझ दीप प्रज्ज्वलन गर्न पनि नागरिकहरूलाई आग्रह गरेको छ ।

अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि विस्तारै उठ्न थालेको छ ।

Facebook Comments