Fri. Sep 20th, 2024

अमेरिकी विदेशमन्त्री पोम्पेओद्वारा कोभिड १९ भाइरसबारे अफवाह

- "कोरोना भाइरस" चुनाव जीत्ने अमेरिकी कुटिल राजनीतिक हतियार

काठमाडौं, २०७७ बैशाक २२ गते सोमबार

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अप्रिल ३ तारिख केही प्रमाणमार्फत कोभिड १९ भाइरस वुहानको वैज्ञानिक प्रयोगशालाबाट आएको देखिएको बताउनु भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमा सो भाइरस वुहानको वैज्ञानिक प्रयोगशालाबाट आएको प्रमाण रहेको बताउनुभएको थियो। तर वास्तावमा ती अमेरिकी राजनीतिज्ञहरूले भनेको प्रमाण कहाँ छ? के उनीहरुले सबैलाई देखाउन सक्छन्?

“कोभिड १९ भाइरस वुहानको प्रयोगशालाबाट आएको” भनाइ पूरै झूट हो। सीआरआई नेपाली सेवाका अनुसार अमेरिकी राजनितीज्ञहरूले चुनावमा मत पाउनका लागि गैरजिम्मेवार भई चीनमाथि दोषारोपन गरिरहेका र चीनलाई निरन्तर लान्छना लगाउँदै आएका छन्।

वास्तावमा भाइरस प्रयोगशालाबाट आएको भनाई’षडयन्त्र सिद्धान्त’प्रति शुरूवातमा विश्वका वैज्ञानिक समुदाय तथा सार्वजिक स्वास्थ्यका विद्वानहरूले अध्ययन गरी प्रतिरोध गरेका थिए।

विश्व स्वास्थ्य संगठन अन्तर्गत तत्काल मामिलाको निर्देशक माइकल रिनले विश्वका विभिन्न विज्ञानहरूले कोभिड १९ भाइरसको जीनलाई अध्ययन गरी जस भाइरस प्रकृतिबाट आएको स्पष्ट बनाइसकेको कुरा व्यक्त गर्नुभएको थियो। फ्रान्सको पास्टर प्रतिष्ठानले पछिल्लो अध्ययनमार्फत हालसम्म फ्रान्समा फैलिएको कोभिड १९ भाइरस बाहिरबाट आएको नभई सोही ठाउँमै रहेको भाइरस पत्ता लागेको औँल्याएको छ।

कोलम्बिया विश्वविद्यालयका प्राध्यापक पकिनले अमेरिकी सीएनएनलाई अन्तर्वार्ता दिँदै कोभिड १९ भाइरस प्रयोगशालाबाट आएको वा मानव निर्मित भन्ने कुरामा कुनै प्रमाण नभएको बताउनुभएको थियो।

Facebook Comments