Sun. May 19th, 2024

आज अन्तरार्ष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १

काठमाडौं, २०७७ बैशाक १९ गते शुक्रबार

आज  १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाईदैछ ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिएको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखका दिन श्रमिक दिवस मनाउन सुरु गरियो ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् । नेपालमा पनि विभिन्न मजदुर संघसङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएको भए पनि यस वर्ष भने कोरोना महामारीको कारण यो दिवस ओझेलमा परेको छ । विराटनगरमा २००७ सालमा ऐतिहासिक मजदुर आन्दोलन भएसँगै यो दिवस मनाउन सुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ। त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ।

 

Facebook Comments