बलिउडका चर्चित अभिनेता ऋषि कपूरको निधन
- बलिउडमा शोक माथि शोक
काठमाडौं, २०७७ बैशाक १८ गते बिहीबार
बलिउडका चर्चित अभिनेता ऋषि कपूरको निधन भएको छ ।
६७ वर्षीय कपूरलाई स्वास्थ्यमा समस्या देखिए पछि मंगलबार मुम्बईस्थित एचएन रिलायंस फ़ाउंडेशन अस्पतालमा भर्ना गरिएको थियो । वीवीसी हिन्दी सेवाका अनुसार ऋषि कपूरका दाजु रणधीर कपूर ले उहाँको मृत्यु भएको पुष्टि गर्नुभएको हो ।
मंगलबार रणधीर कपूरले भन्नु भएको थियो: “ऋषि कपूर ऐले अस्ततालमा छन् । उनी क्यान्सरसँग लडिरहेका छन् । उनलाई सास फेर्न समस्या भएको छ । जसको कारण उनलाई अस्पताल भर्ना गरिएको छ ।” गएको फेब्रअरी महिनामा पनि उहाँलाई दुई पटक अस्पताल भर्ना गरिएको थियो ।
ऋषि कपूर दिग्गज भारतीय अभिनेता राज कपूरका माइलो छोरा हुनुहुन्थ्यो । ऋषि कपूरले सन् १९७३ देखि हिन्दी फिल्म बॉबीबाट चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको थियो । कपूरले दर्जनौ नामी चलचित्रहरुमा अभिनय गर्नुभएको थियो । हिँजो बुधबार मात्र चर्चित भारतीय अभिनेता इरफान खानको निधन भएको थियो ।
लोकप्रीय अभिनेता ऋषि कपूरलाई भावपूर्ण श्रद्धाञ्जली ।