Tue. Jul 28th, 2026

प्रदीप नेपालको प्रश्न: “नेताहरु कति बिर्सदा रहेछन् शहीदको रगत ?”

       

काठमाडौं, २०७७ बैशाक १८ गते बिहीबार

वरिष्ठ लेखक तथा नेपाल कम्युनिष्ट पार्टीका प्रखर नेता प्रदीप नेपालले नेताहरुको सत्ता दंगलका समाचार पढ़ेपछि साह्रै नमिठो लागेको बताउनु भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र पछिल्लो समय उठेको चर्को विवाद र सचिवालय बैठकमा प्रधानमन्त्रीको राजीनामा माग लगायतका विषयहरु सार्वजनिक भएपछि नेता नेपालले आफ्नो फेसबुक पेजमा बिहीबार विहान गुनासो पोख्नु भएको हो ।

फेसबुक पेजमा नेता नेपालले तत्कालिन कम्युनिष्ट नेता तथा शहीद रत्नकुमार बान्तवा र हरि नेपालसँग साटिएका सपनाहरु मरेकै हुन् ! भनि लेख्नु भएको छ ।

फेसबुक पेजमा नेपालले लेख्नुभएको छ: नेताहरु कति बिर्सदा रहेछन् शहीदको रगत ? मन्त्री प्रधानमन्त्रीहरु रामनाथ दाहालको रगत भन्दा माथि रहेछन्। माफ गर्नुस शहीदहरु यो पुस्ताले तपाईंहरुको सपना पुरा गर्न नसक्ने भो।”

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read