Tue. Jul 28th, 2026

भोजपुरका एक युवामा कोरोना संक्रमण भएको पुष्टि, कुल संक्रमित संख्या ४८ पुग्यो

       

काठमाडौं, २०७७ बैशाक ११ गते बिहीबार

कोराना संक्रमण परीक्षणका क्रममा आज साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । साँझ संक्रमण पुष्टि भएको व्यक्ति २६ वर्षीया पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो । ती युवक भाेजपुरका भएकाे वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.बिकास साहले बाताउनुभयाे । गोरखापत्र अनलाईनबाट

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read