Thu. May 16th, 2024

कतारको बन्दी गृहमा रहेका १७ नेपालीले आम माफी पाए

काठमाडौं, २०७७ बैशाक ११ गते बिहीबार

कतारको बन्दी गृहमा रहेका १७ जना नेपालीले आम माफी पाएका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले हालको बिश्व महामारीको अवस्थालाई मध्यनजर गर्दै आममाफी दिएको घोषणा सार्वजनिक गरेको कतार स्थित नेपाली राजदूतावासले जानकारी दिएको हो ।

कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिइएको हो । सो आम माफी अन्तर्गत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली पनि रिहाई भएका हुन् ।
रिहाई हुनेमा १३ जना लागू औषध कारोवार जन्य, दुइ जना चोरी, एक जना मादक पदार्थ कारोबार र अर्का एक जना ठगीको कसुरमा सजाय भोगिरहेका थिए । गोरखापत्र अनलाईनबाट

Facebook Comments